आइतबार शेयरबजार बढ्दा फाइनान्स कम्पनीमा उछाल, अधिकतम शेयरमूल्य ८८४ रुपैयाँ

२६ चैत्र २०८०, सोमबार १३:०३

काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेर बन्द भएसँगै फाइनान्स उपसूचकमा उछाल आएको छ । आइतबार फाइनान्स उपसूचक सर्वाधिक ५.९५ प्रतिशतले बढेको हो ।

त्यसदिन फाइनान्स सेक्टरबाट कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमध्ये तीन कम्पनी जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो।

शेयरमूल्य बढेसँगै फाइनान्स कम्पनीहरुको शेयर तीन सय रुपैयाँदेखि माथि रहेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सको सर्वाधिक कम ३२६, समृद्धि फाइनान्सको ३३६, वेष्ट फाइनान्सको ३६० रुपैयाँ रहेको छ ।

यता, गोर्खाज फाइनान्सको शेयरमूल्यभने सर्वाधिक ८८४ रुपैयाँ रहेको छ । मञ्जुश्री फाइनान्सको ५२० र आईसीएफसी फाइनान्सको ५१८.२० रुपैयाँ शेयरमूल्य रहेको छ । आज सोमबार घोडेजात्रा पर्व रहेकाले शेयरबजार बन्द छ । कारोबार भोलि बिहान ११ बजेदेखि खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*