सरकारलाई नयाँ स्टक अध्ययन गर्न समितिले यसै साता प्रतिवेदन पेश गर्ने, के आँउला निष्कर्ष ?

२६ चैत्र २०८०, सोमबार १२:२२

काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक रहेको वा नरहकोे बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ।समितिले राय सुझावको काम सम्पन्न भईसेकेको र प्रतिवेदन अन्तिम चरणमा पुग्ने तरखरमा रहेको जानकारी दिएको छ ।

मन्त्रिपरिषदको माघ नौ गते बसेको बैठकले राष्ट्र बैंकका संचालक पूर्वडेपुटी गभर्नर तथा वर्तमान सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

समितिका संयोजक चिन्तामणि शिवाकोटीले सूचना संकलन गर्ने, सरोकारवाला निकायसँग सुझाव लिने क्रम सकेको सबैको सुझाव लिएर अन्तिम रुप दिने काम भईरहेको बताएका छन् ।

यही सातामै प्रतिवेदन सरकारले बुझाउने तयारी समितिले गरिरहेको छ ।नयाँ स्टकलाई लाइसेन्स दिन भन्दै बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालले आवेदन माग गरेका थिए ।

तीनवटा कम्पनीको आवेदनसमेत परेको थियो । नयाँ स्टकलाई लाइसेन्स दिने बाहनामा चरम आर्थिक चलखेल भएको भन्दै आलोचना भएपछि गत वैशाखमा मन्त्रिपरिषदको बैठकले तत्कालका लागि यो प्रकृया रोक्न भनेको थियो ।

यसअघि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले तत्कालीन सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गरेको थियो । उक्त उपसमितिले नेपाल स्टक एक्सचेन्जलाई सुधार नगरी नयाँ स्टकको लाइसेन्स दिन नहुने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*