एनआईसी एशिया लघुवित्तले दुई जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना
२५ चैत्र २०८०, आईतवार १३:१५
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले बैरेनी, धादिङ शाखा कार्यालयबाट कर्जा लिएका दुई ऋणीको धितो लिलामीको सूचना निकालेको हो ।
संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ । धितोमा रहेको उल्लेखित सम्पत्तिहरु जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको शर्तहरुको अधिनमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिनुपर्नेछ ।