थ्रीस्टार हाइड्रोपावरको साधारण सभा वैशाख २३ गते बस्दै, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आगामी वैशाख २३ गते आइतबार, जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।
सभाले हकप्रद शेयर निष्काशन गर्ने विशेष एजेण्डा पारित गर्नेछ । त्यसैगरी, उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनी ‘समूह ख’ को प्रतिनिधित्वको निम्ति दुई जना संचालकको निर्वाचन हुनेछ ।
सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिको गठन गर्ने एजेण्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।