अर्थमन्त्री पुनको एक्सनको पर्खाइमा शेयर लगानीकर्ता, कस्तो रह्यो साता ?
काठमाडौँ । यो साताका पाँच वटै कारोबारको दिने नेपाल स्टक एक्सचेञ्च (नेप्से) ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारले लय लिन सकेको छैन । पुँजी बजारको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डले लामो समयदेखि अध्यक्ष पाउन सकेको छैन ।
समग्र बजारको मागहरु लिएर जाने बजारका अभिवाकको रुपमा रहने अध्यक्ष नियुक्तिमा भएको ढिलाईले पनि राज्यले यस क्षेत्रलाई बेवास्ता गरेको जस्तो पनि देखिन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल बलियो बन्नेगरी तथा सकरात्मक सोच फैलने गरी कार्य गर्नुपर्नेछ ।
निक्षेपको ब्याज घटे पनि कर्जाको ब्याज खासै नघटेकाले लगानीकर्ताको गुनासो समेत रहेको आइरहेको छ । लगानीकर्ताहरुले व्यक्तिगततर्फको १५ करोड र संस्थागततर्फको २० करोडको कर्जा सीमा हटाउनुपर्ने, सेयर धितोको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, पुँजीगत लाभकर संस्थागतलाई ४ प्रतिशत र व्यक्तिलाई २.५ प्रतिशत कायम गनर्नुपर्ने, एक वर्षभन्दा बढी समय होल्ड गर्नेलाई पुँजीगत लाभकर १ प्रतिशत मात्रै लिनुपर्ने, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउनुपर्ने, नेप्सेको पुनसर्रंचनावा नयाँ स्टक एक्सचेन्ज अनुमति दिनुपर्नेजस्ता माग अघि सारिरहेका छन्।
अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयको जिम्मेवारी समालेसँगै केहि आशा दिलाएका थिए । तर, उक्त आशा आश्वासनमा सिमित हुँदा बजारका लगानीकर्ता खिन्न अवस्था बसेका छन् । नियामकको सक्रियता भन्दापनि लगानीकर्ता नीतिगत अवरोध सुधारको अपेक्षा राखेको छ । राष्ट्र बैंकले कसिलो बनाएका नीति फुकाउनु पर्ने माग लगानीकर्ताको रहदै आइरहेको छ ।
यस साता नेप्से इन्डेक्स ०.१३ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स ०.०९ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स स्थीर र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ प्रतिशत घटेको छ । नेप्सेको कारोबार रकम पनि ओरालो लागेको छ ।
१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक राताम्य भएका छन् । बिहिबार फाइनान्स समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६७ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.३८ प्रतिशत, निर्जीवन बीमा समूहको ०.२८ प्रतिशत र ब्यापार समूहको ०.११ प्रतिशतले शेयर मूल्य बढेको छ । अन्य ८ उपसूचक ओराला लागेका हुन् ।
यो साताको आइतबार बजार १७.३० अकं, सोमबार ६.२६ अकं, मंगलबार १.८५ प्रतिशत, बुधबार ३.४३ अकं र बिहिबार २.७३ अकंले शेयर मूल्य घटेको हो ।