कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त
२२ चैत्र २०८०, बिहीबार १०:४४
काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आउँदो वर्षको बैशाख २ गतेदेखि लागु हुनेगरी पराजुलीलाई सीईओमा नियुक्त गरेको हो ।