गरिमा विकास बैंकको सिईओमा उपाध्याय नियुक्त
१५ चैत्र २०८०, बिहीबार १२:४०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अधिकृत माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बैंकको चैत्र १४ गते बसेको संचालक समितिको बैठकले बैंकका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई वैशाख १ गतेदेखि लागु हुने गरी आगामी चार वर्षका लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि बैंकका सिईओ गोविन्द प्रसाद ढकालको कार्यकाल यही चैत्र ३० गते सकिने भएकाले उपाध्यायलाई नियुक्त गरिएको कम्पनी सचिव एवम् सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिएका छन् ।