कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
९ चैत्र २०८०, शुक्रबार ०६:५८
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बिक्रीमा राखिएको उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवदेन दिनुपर्नेछ ।
साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।