सहकारी प्रकरणको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः सांसद राणा
काठमाडौं। पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१र०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएका बताए ।
सहकारीहरुलाई निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सहज नहुने उनको भनाइ छ ।
‘सहकारीमा के भयो भनेर निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ,’ उनले भने, ‘ अहिले झाँक्री पनि त्यही । बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही । छानबिन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले संसदबाटै छानबिन गर्नु जरुरी छ ।’