भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन कुन शाखा खुल्छन् ?
२४ फाल्गुन २०८०, बिहीबार १८:११
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो ।
बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका हुन् ।
सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले भोलि बिदाका दिन समेत सेवा प्रदान गर्ने जनाएका हुन् ।
कुन बैंकको कुन शाखाबाट बैंकिङ्ग सेवा प्राप्त हुन्छ ?