आज तीन जना नयाँ मन्त्रीहरू शपथ लिने
२१ फाल्गुन २०८०, सोमबार १३:१३

काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आजै शपथ लिने भएका छन्।
सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो ।
उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।
गिरी पर्वत, तामाङ नुवाकोट(१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।
तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन्। यी तीन मन्त्रीको शपथ आजै शपथ लिन लागेका हुन् ।