बजार खुलेको ३ मिनेट मै सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द
२१ फाल्गुन २०८०, सोमबार ११:०९
काठमाडौँ । राजनीतिमा आएको तरंगले शेयर बजारमा उछाल आएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो।
बजार खुुलेको ३ मिनेट मै ४ प्रतिशत अर्थात ७९.२९ अकंले बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिन्छ ।
परिसूचक २०३९.६० बिन्दु पुगेको हो ।