बैंक तथा वित्तिय संस्थाको विदाको सूची सार्वजनिक, कुन–कुन दिन विदा छ ? (सूचीसहित) ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ ।
नेपाल सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने छ। त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०:०० वजेदेखि अपरान्ह ४:०० वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १०:०० वजेदेखि अपरान्ह १:३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।
बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० वजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०: ०० वजेदेखि अपरान्ह ३:०० वजेसम्म कायम गरिएको छ ।
प्रदेश सरकारले आ(आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।
2081-BS-list-of-holidays-English