रिडी पावरको ५०% हकप्रद शेयर आजदेखि बिक्रीमा
१८ फाल्गुन २०८०, शुक्रबार ०७:२९
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आज (फागुन १८ गते) देखि चैत्र ८ गतेसम्म बिक्री खुला गरेको यस शेयरमा माघ २१ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १ः०.५० को अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको चुक्ता पूँँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ ।
यस हकप्रद शेयरमा आवेदकले कम्पनीको कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।