शिवम् सिमेन्टको बोनस शेयर हितग्राही खातामा जम्मा

१८ फाल्गुन २०८०, शुक्रबार ०७:०३

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको आठौं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ । कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बानेस शेयर जम्मा गराएको हो ।

कम्पनीको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) पारित गरेको थियो । सभाले पारित गरेको सोही बोनस शेयर फागुन १४ गतेदेखि नै शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले बताएको छ ।

साथै, भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा पनि शेयर अभौतिकीकरण गराएपछि स्वतः हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*