राजस्व छल्नेलाई डेढ अर्ब विगोसहित मुद्दा

१७ फाल्गुन २०८०, बिहीबार १७:३४

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यो आर्थिक वर्षका ७ महिनामा राजस्व छली गर्नेहरुबाट करिब डेढ अर्ब विगो दाबी गरिएको बताएका छन् ।

बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा महानिर्देशक ढुंगानाले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेकामा करिब डेढ अर्ब विगो दाबी गरिएको उनले बताए ।

ढुंगानाका अनुसार २६ वटा मुद्दामा ४५ प्रतिवादीविरुद्ध एक अर्ब ६२ करोड रुपैयाँ बराबरको विगो दाबी गरी मुद्दा दायर गरिएको छ । विदेशी विनियम अपचलनका ४५ मुद्दामा विभागले ९७ करोड १८ लाख रुपैयाँ विगो दाबी गरेको छ । विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी छन् ।

राजस्व अनुसन्धान विभागले डिजिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार लगायतमा पनि छली गरेको पाइएको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*