बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन, स्थिति अझै पनि चुनौतिपूर्ण छः प्रधानमन्त्री

१७ फाल्गुन २०८०, बिहीबार १५:४६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्थिति अझै जटिल बन्दै गएको उनको भनाइ रहेको थियो । ‘हामीले नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन । स्थिति अझै पनि चुनौतिपूर्ण नै छ ।’ उनले भने, ‘मननीय मन्त्रीज्यूहरुले राखेको कुराले पनि स्थिति जटिलनै छ भन्ने देखाएको छ,’

जनतालाई डेलिभरी दिने र विकासका क्षेत्रमा पनि केही गरेर देखाउने संकल्पका साथ अगाडि बढेको सरकार अहिलेको अवस्थामा आइपुग्दा बेचैनीमा परिणत भएको उनको भनाइ छ । आलु आवमा पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*