सेयर बजार दोहोरो अकंले घट्यो, १३ वटै उपसूचक राताम्य, कारोबार साढे भने २ अर्ब

१७ फाल्गुन २०८०, बिहीबार १५:०४

काठमाडौँ । साताको अन्तिम दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर भन्दै गएको हो ।

लगानीकर्ताले नियामकबाट सकारात्मक पोलिसिको अपेक्षा गरेका छन् । तर, नियामक लगानीकर्तालाई आश्वासन दिन ब्यस्त भएपछि लगानीकर्ता निराश बनेका हुन् । परिसूचक निरन्तर खुम्चि रहेको छ । कारोबार समेत अपेक्षा अनुसार हुन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८८ प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत र फाइनान्स समूहको ३.२१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*