सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको संयुक्त कारोबारको एक वर्ष पुरा
१७ फाल्गुन २०८०, बिहीबार १०:४१
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक आपसमा गाभिएर संयुक्त कारोबार गर्न थालेको एक वर्ष पुरा भएको छ ।
२०५१ साल वैशाख २९ बाट संचालनमा आएको प्रिमियर इन्स्योरेन्स र २०६३ साल वैशाख १ गतेदेखि संचालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी (१ः१) समान शेयर अनुपातमा एक आपसमा मर्ज भइ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट कारोबारमा आएको हो ।
कम्पनीले यस अवसरमा सेवा सुविधालाई अझै समृद्ध बनाउने दिशामा निरन्तर लागि पर्ने बताएको छ । साथै, कम्पनीलाई अझ सशक्त एवम् प्रतिस्पर्धी बनाई व्यवसायको विकास एवम् विस्तार गरी कम्पनीसँग आवद्ध सबै पक्षलाई सकारात्मक हुने गरी कार्य गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।