नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत्र २० गते बस्दै, के–के छन् एजेण्डा?

१७ फाल्गुन २०८०, बिहीबार ०७:२४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा चैत्र २० गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*