युनाइटेड इदी मर्दीको साधारण सभा आज, शेयरधनीलाई ५.२८% लाभांश

१७ फाल्गुन २०८०, बिहीबार ०७:१२

काठमाडौं । लाभांश पारित गर्न युनाईटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको साधारण सभा आज (फागुन १७ गते) बस्दैछ । कम्पनीको सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ५.५० प्रतिशत बोनस शेयर र ०.२८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको थियो । आजको सभाले यही निर्णय पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*