बुधबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता
१६ फाल्गुन २०८०, बुधबार १५:०६
काठमाडौँ । बजार सामान्य अकंले ओरालो लागेको छ । बुधबार झिनो अकंले बजार घटेपनि कारोबार भने २ अर्ब माथि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब ३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार सोनापुरको १२ करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्सको ८ करोड ६ लाख, बोटलर्स नेपाल (तराई)को ७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।