बजार ९.३४ अकंले बढ्यो, परिसूचक २ हजार बिन्दुमा, कारोबार भने खुम्चिदै
१५ फाल्गुन २०८०, मंगलवार १५:०५
काठमाडौँ । साताको तेस्रो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । हिजो दोहोरो अकंले बढेको बजार आज पनि सुधार तिर लम्किएको हो । अर्थमन्त्री प्रकाश सरण महतले आगामी बजेटको सिधान्त र प्राथमिकता सार्वजनिकसँगै बजार सुधार तिर गएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३४ अकंले बढेर २००१.६४ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ७ उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशतले सेयर मूल्य बढेको हो ।