गार्डियन माईक्रो लाइफको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त

१५ फाल्गुन २०८०, मंगलवार १४:१४

काठमाडौं । गार्डियन माईक्रो लाइफ ईन्स्योरेन्सको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त भएका छन्। लघुवित्त क्षेत्रमा विताएका शर्माले गार्डियन माईक्रो लाईफमा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

शर्मा लघुवित्त क्षेत्रमा आफुलाई बलियो रुपमा स्थापित गराउन सफल लक्ष्मी लघुवित्त बित्तिय संस्थामा आफ्नो जिम्मेवारी बिट मारेर गार्डियन माईक्रो लाईफमा आबद्द भएका हुन्। लक्ष्मी लघुवित्तमा पनि शर्मा विभागीय प्रमुखको भूमिकामा थिए।

गार्डियनमा हाल प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी छन् भने अध्यक्षमा उदिप श्रेष्ठ नियुक्ती भएका छन् । अध्यक्ष श्रेष्ठले आइतबार मात्रै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*