मंगलबार सुन कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा २०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।
मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।