छापामार शैलीमा संसद भवनभित्र कसरी छिरे आन्दोलनकारी ?

१४ फाल्गुन २०८०, सोमबार १६:२३

काठमाडौं । लघुवित्त ऋणीहरू छापामार शैलीमा संघीय संसद भवनभित्र छिरेका छन् । उनीहरु निषेधित क्षेत्रभित्र रहेको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा घुसेर प्रदर्शन गरेका हुन् ।

भित्र संसद चलिरहेका बेला लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरे । संसद भवनको सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीले दुई नम्बर गेटमा प्रहरीको संख्या कम रहेको मौका छोपी बसमा आएका प्रदर्शनकारीहरु एकाएक भित्र छिर्न भ्याएको बताएका छन् ।

त्यसैलामा सहमति जनाउदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समेत गेटमा प्रहरी कम भएको बेला आन्दोलनकारीहरु भित्र छिरेको बताए । संसदको आधिकारिक पास भएको व्यक्ति बाहेक चरो मुसो पनि छिर्न नसक्ने संसद भवनभित्र आन्दोलनकारी छिर्नुले प्रहरीको सुरक्षा योजना तथा व्यवस्थापनमाथि गम्भीर प्रश्न जन्माएको छ । तीनकुने बाग्मतीको पुलसम्म निषेधितथ क्षेत्र तोकिएकामा उनीहरु सिफल चौरमा प्रदर्शन गर्दै आएका थिए ।

आइतबार मात्रै उनीहरुले प्रदर्शनीमार्गमा प्रदर्शन गरेका थिए । सोमबार उनीहरुले छलपूर्वक विरोधका कुनै कार्यक्रम सार्वजनिक नगरी एकाएक संसद भवन छिरेपछि सरकारको होस् खुलेको छ । प्रहरीले प्रदर्शनका कार्यक्रम सार्वजनिक नगरेकाले सुरक्षाको योजना नबनाएको बताएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले प्रदर्शनका कार्यक्रमको पूर्व जानकारी नभएका कारण सुरक्षाको योजना नबनाइएको र संसद भवनमा सुरक्षाकर्मी कम भएको मौका छोपेर हुलहालपूर्पक उनीहरु संसद छिरेको बीमापोष्टलाई बताए । तर, प्रहरी प्रशासनको यो गैरजिम्मेवार कुरा भएको सुरक्षा मामिलाका जानकारहरुले बताएका छन् । दुई हप्ता अघि भारतीय संसदमा दर्शक छिर्नेपट्टीबाट आन्दोलनकारी छिरेर ग्यास छरेर आतंक मच्चाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*