सानिमा रिलायन्स लाइफद्धारा लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुन्दरबजार नगरपालिमा लमजुङमा बीमा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।
बीमा प्राधिकरण प्रदेश कार्यालय गण्डकी प्रदेशद्धारा जीवन वीमा प्रबद्र्धन सम्बन्धी विषयमा स्थानिय सरकारका प्रमुखहरुसँग छलफल गरि विभिन्न जीवन बीमा कम्पनि हरुलाइ दिइएको कार्यविभाजन अनुसार कम्पनीले फागुन १३ गते उक्त कार्यक्रम गरेको हो ।
उत्त बीमा प्रबद्र्धन अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद कोइराला र नगर उप–प्रमुख भवानी केसी को सम उपस्थितिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि बेसीशहर शाखा प्रमुख विक्रम घिमिरे ले बीमा सम्बन्धी विषयवस्तुमा छलफल प्रस्तुत गरेको छ । सो कार्यक्रममा स्थानिय ब्यत्तिहरको पनि सहभागिता थियो ।
उत्त कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सुरक्षाको मात्र विशेषता भएको म्यादी बीमा योजनाको फाइदा र महत्व तथा तथा न्युन बीमा शुल्कमा जीवनको जोखिम हस्तातरण गर्न सकिने विषयमा कम्पनिको तर्फबाट जानकारी गराए । सुन्दरबजार नगरपालिकाले विपन्न बर्गका नागरिकलाई म्यादि विमा योजनामा समेटनका लागि पहल गर्नका लागि नगरपालिका लाई बीमा कम्पनिको तर्फबाट अनुरोध गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विमा योजना बचत तथा सुरक्षा दुबैको विशेषता भएको शुभलक्ष्मी जीवन बीमा योजनाको विषयमा समेत कम्पनिको तर्फबाट जानकारी प्रदान गरेको हो । उत्त छलफलमा देशका विभिन्न स्थानमा स्थानीय नगरपालिकाहरुले बीमा सम्बन्धी आफुले ल्याएका बीमा कार्यक्रमहरुको उदाहरणको विषयमा समेत जानकारी प्रदान गरिएको थियो ।
उत्त छलफलमा नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले सुन्दरबजार नगरपालिकाले जनप्रतिनिधिहरुको बार्षिक १० हजारसम्मको बीमाशुल्क नगरपालिकाले भुत्तानी गरिदिने गरेको विषयमा जानकारी गराए ।
साथै सुन्दरवजार नगरपालिकाले छोरीहरुलाई जन्म भएको ३५ दिन भित्रमा जन्मदर्ता गराएर आएमा २ हजार रुपैयाँ सम्मको सहायता प्रदान गर्ने गरेको विषयमा समेत नगर प्रमुखले जानकारी दिए । साथै नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले सुन्दरबजार नगरपालिकामा नगरबासीहरुले बिभिन्न शीर्षक अन्र्तरगत अनुदान सहायता रकम माग गर्ने र यस्ता अनुदान सहयोग वापत नगरवासीहरुलाई धेरै शीर्षक हरुमा राहत तथा सहायता वापत नगरपालिकाले रकम उपलब्ध गराउनु पर्ने बाध्यता रहेकोले विपन्न नागरिकहरुलाई बीमामा आबद्ध गराउन नसकेको विषयमा जानकारि गराए ।
तर कुनै एउटा शीर्षकमा मात्र नगरवासीले नगरपालिका संग अनुदान सहायता मागेको भएमा बीमामा आवद्ध गराउन सकिने कुरा नगर प्रमुखले जानकारी गराए । सुन्दरबजार नगरपालिकाले अनुदान सहायता वापत किसानहरुलाई दिएको गाइ, भैसी , बाखा्र लगायत पशुपंक्षीको अनिवार्य रुपमा किसानहरुलाई पशु बीमामा आवद्ध गर्न लगाएको विषयमा समेत नगर प्रमुले जानकारी दिए ।