बैंक तथा वित्तिय संस्थालाई डुब्न दिन्नाैंः गभर्नर अधिकारी
काठमाडाैं । नेपालका कुनै पनि बैंक तथा वित्तिय संस्थालाई डुब्न नदिने नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बताएका छन् । बैंकर एशाेसियशनकाे हलमा आयाेजित कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले बैंकहरूकाे निरन्तर नियमन गरिरहेकाे बताउँदै निक्षेपकर्ताकाे बचत शत प्रतिशत सुरक्षित रहेकाे बताए ।
गर्भनरले भने, ‘साना संस्थामा केही समस्या आउनसक्छ । तर सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन । राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ ।’
राष्ट्र बैंकले लिएका नीति राम्रा रहेको गर्भनर अधिकारीले बताए । ‘बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन । कर्जाको प्रोभिजनिङ निकै राम्रो छ ।” गर्भनरले भने
एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने अधिकारीको भनाइ रहेको थियो । सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए । समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे ।