पूँजी बजार सुधारोन्मुख अवस्थामा छः अर्थमन्त्री
१४ फाल्गुन २०८०, सोमबार १४:४१
काठमाडौं । पूँजी बजार सुधारोन्मुख रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१(०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बताएर स्वस्थ प्रतिस्पर्धी र भरपर्दो गराउने दाबी गरे ।
मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको पनि उनले बताए । पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको अर्थमन्त्री महतले बताए।