आगामी बजेटको तर्जुमा विश्व अर्थतन्त्रको गतिसँगै अघि बढ्ने गरी आउनेछः अर्थमन्त्री महत
१४ फाल्गुन २०८०, सोमबार १४:२३
काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गति सँगै अघि बढाउने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
महतले आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नेपाली नागरिकहरूको जीवनस्तरमा सुधारका मार्ग पहिल्याउने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने गरी आगमी बजेट आउने बताए । उनले आगामी वर्षको बजेट तर्जुमा विश्व अर्थतन्त्रको गति सँगै अघि बढाउने गर्नुपर्ने आवश्यकता रहेको बताए ।