सरकारले सूचना प्रविधि क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिने
१४ फाल्गुन २०८०, सोमबार १४:१५
काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले प्रचुर सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
महतले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै सूचना प्रविधि उद्योगलाई सफ्टवेयर र सेवा निर्यात तथा रोजगारीको आधारका रुपमा विकास गरिने बताए । सूचना प्रविधिको उपयोगको माध्यमबाट सेवा प्रवाहलाई सरलीकरण गरिने महतको भनाइ रहेको थियो ।
“इनोभेसन सेन्टर र स्टार्ट अप” को प्रवर्द्धन र विकासमा जोड दिईनेछ। डिजिटल भुक्तानी लगायतका सेवा विस्तार गर्न सार्वजनिक डिजिटल पूर्वाधार निर्माण तथा विस्तार गरीने महतले बताए ।