जलविद्युतलाई अर्थतन्त्रको मेरूदण्ड हो, ग्रिन हाइड्रोजनको विकास र सम्भाव्यताको समेत अध्ययन गर्छौः डा. महत

१४ फाल्गुन २०८०, सोमबार १४:१०

काठमाडौँ । सरकारले जलविद्युतमा आन्तरिक र वाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि बताएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

जलविद्युतको आन्तरिक खपतमा वृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको विकास गर्न जोड दिने महतले बताए । उनले जलविद्युतलाई अर्थतन्त्रको महत्त्वपूर्ण मेरूदण्डको रुपमा विकास गरी आन्तरिक आवश्यकता पूर्तिका साथै निर्यातमा जोड दिने बताए ।

निर्माणाधीन विद्युत आयोजनाहरू र प्रशारण लाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिइनेछ। हिउँद याममा हुने ऊर्जा आपूर्तिको कमी पुरा गर्न ठूला तथा जलाशययुक्त आयोजनाहरूको निर्माण प्रारम्भ गरिनेछ उनले भने, विद्युत सेवाको पहुँच नपुगेको क्षेत्रमा विद्युत सेवा उपलब्ध गराउन सौर्य ऊर्जा र अन्य नवीकरणीय ऊर्जाको विकासमा जोड दिइनेछ ।

अन्तरदेशीय विद्युत प्रशारण लाइनको निर्माण गरी विद्युत निर्यातको लागि आवश्यक पूर्वाधार तयार गरिने बताए । ग्रिन हाइड्रोजनको विकास र लगानीको सम्भाव्यता अध्ययन अघि समेत उनले जनाए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*