सरकारले लघुवित्त र सहकारीको बचत सुरक्षा गर्ने ब्यवस्था मिलाउने
१४ फाल्गुन २०८०, सोमबार १३:५७
काठमाडौँ । सरकारले आगामी बजेट मार्फत सहकारी र लघुवित्त पिडितलाई राहत दिने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
पछिल्लो समय सहकारी र लघुवित्त पिडित बढ्दै जाँदा सरकारको नजर गएको हो । वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिने अर्थमन्त्री महतले बताए ।
उनले भने, सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ। लघुवित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ।’