अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, सार्वजनिक ऋण अहिलेको मुख्य चुनौति हो: अर्थमन्त्री महत

१४ फाल्गुन २०८०, सोमबार १३:२०

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले विदेशी लगानी वृद्धि भइरहेको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले विदेशी लगानी भित्रीनुका साथै अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताए ।

उनले भने, विद्युत उत्पादन वृद्धि भइरहेको छ । अर्थतन्त्रमा सुधार आएको छ । विदेशि लगानी वृद्धि भइरहेको छ । घर जग्गा कारोबार र पूँजी बजार समेत सुधार तिर गइरहेको छ । ब्याजदर घट्दो छ । लक्ष्य अनुसार राजस्व संकलन नभएपनि गत वर्षको भन्दा वृद्धि भएको छ ।

अर्थतन्त्र सुधार भएपनि चुनौति मुक्त भइ नसकेको अर्थमन्त्री महतले बताए । सहकारी र लघुवित्तमा समस्या देखिएको छ । सार्वजनिक ऋण तिर्न तिर्ने सकस परी रहेको छ उनले भने, अबको बजेट मार्फत १ खर्ब रुपैयाँ सार्वजनिक ऋण निर्त पर्ने बाध्यता रहको छ ।

आयोजनाहरुको समय मै पुरा नहुने कारण पुन निर्माणमाा ठुलो स्रोत आवश्यक रहेको रहेको महतले बताए । आयोजनामा कार्यान्वयनमा देखिएका अनैका समस्याले कार्यन्वयन पक्षमा समस्या देखिएको छ । खर्च ब्यवस्थापन सुनौति पूर्ण छ । उच्च ब्यापार घाटा, विदेश पलायन रोक्नु अबको प्राथमिता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*