तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

१३ फाल्गुन २०८०, आईतवार १६:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शाइन रेसुंगा डेभलपमेण्ट बैंक, शिवम सिमेन्ट र नेपाल इन्स्योरेन्स रहेको बोनस सेयर सूचीकृत भएको हो ।

शाइन रेसुंगा डेभलपमेण्ट बैंकको १०.५० प्रतिशत बोनसको ४४ लाख ९८ हजार ७७ कित्ता, शिवम सिमेन्ट को १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता र नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापत १४ लाख ९४ हजार ७ सय ६६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

अब उक्त बोनस सेयरधनीहरुको खातामा जम्मा भएपश्चात मात्र खरिद बिक्री गर्ने सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*