समाज लघुवित्तको सकारात्मक यात्रामा ब्रेक, कुनले कति गुमाए ?

१३ फाल्गुन २०८०, आईतवार १५:१६

काठमाडौँ । आइतबार दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अकंले घटेर १९७९.०२ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । आज २०६ कम्पनीको सेयर मूल्य घटेको हो ।

आज समाज लघुवित्त, मैलुङ हाइड्रोपावरको सेयरका नकारात्मक सर्किट लागेको हो । साथे, समलिङ पावरको ९.५६ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.२१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*