पछिल्ला ६ दिनमा बजार ९७ अकंले घट्यो, परिसूचक १९ सय बिन्दुमा, निराश बन्दै लगानीकर्ता
काठमाडौँ । साताको पहिलो दिन समेत राताम्य यात्राले निरन्तरता पाएको छ । बजार लगातार छैटो दिन समेत ओरालो लागेको हो । बजार पछिल्ला ९७.४६ अकंले मार्केट घटेको हो ।
बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले धेरैले यस्तो बेला खरिदक्रम बढाउन सक्दैनन् । सोहि कारण बजार राताम्य भइरहेको छ । दोस्रो बजारमा ठुलो हिस्सा बोकेको बैैक तथा वित्तीय संस्था माथि फैलाएको हल्लाले समेत बजारलाई ओरालो लाग्दा तिर अग्रसर गरेको छ । यस्ता भ्रमले लगानीकर्ताको मनोबल खुम्चिदै गएको छ ।
अल्पकालीन कारोबारीले नाफा बुक गरेका र उनीहरु पुनः आक्रामकरुपमा बजार प्रवेश गरिनसक्दा पनि बजार केही प्रभावित भएको देखिन्छ । पछिल्ला केहि महिना यता ब्याजदर ओरालो लागि रहेको छ । सेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत सेयर बजारमा सुधार आउन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अकंले घटेर १९७९.०२ बिन्दुमा बन्द भएको छ । आज३१७ कम्पनीको ८५ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार ११ उपसूचकमा राताम्य भएका छ । आज बैंकिङ समूहको १.६३ प्रतिशत, विकास बैंक समूहको १(०६ प्रतशितले सेयर मूल्य घटेको हो ।