सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत कित्ता सेयर स्थानियद्धारा बहिस्कार, सर्वसाधारणले के गर्लान् ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बहिस्कार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्दै आइरहेका स्थानियले सर्वाेत्तमले ३६० रुपैयाँ १० पैसामा निष्कासनमा ल्याएपछि ७३.२८ प्रतिशत कित्ता सेयर बहिस्कार गरेका हुन् ।
कम्पनीको आइपीओमा कुल १ हजार २२४ जना स्थानीय बासिन्दाले कुल २ लाख ४८ हजार ५०३ कित्ताका लागि मात्र आवेदन दिएका थिए । जसमध्ये १० अंकले भाग नजाने ३३ कित्ता सेयर रद्द गरी २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको थियो ।
कम्पनीले पुस २५ गतेदेखि माघ २५ गतेसम्म नवलपरासी जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यसआधारमा स्थानीयलाई जारी गरेको सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता सेयर बिक्री भएको छैन ।
लगानीकर्ताले न्यूनतम १० कित्ता १००० रुपैयाँमा भर्दै आइरहेका थिए । तर, सर्वोत्तमको न्यूनतम ५० कित्ता भर्नु पर्ने र १८ हजार ४५ रुपैयाँ चाहिने भएकाले स्थानियले उक्त आइपीओ बहिस्कार गरेका हुन् । कम्पनी बिरुद्ध नियामक निकायमा उजुरी र मुद्दैमुद्धाका चाङ छन् । सोहि कारण समेत स्थानिय बासिन्दा कम्पनीको सेयर खरिद गर्ने डराएका हुन् । अर्थमन्त्रालयले कम्पनीको बुक विडिल्ङ आइपीओ बारे छानबिन गर्ने धितोपत्र बोर्डलाई निर्देशन दिइ सकेको छ । तर नियामक निकाय बोर्डमा अध्यक्ष नभएको मौका छोपि कर्मचारी माफियासँग मिलेन छानबिनलाई अलमलमा राखी रहेका हुन् ।
स्थानीयले खरिद नगरेको उक्त सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिएको छ । पछिल्लो अवस्था प्रतिशेयर नेटवर्थ गत आवको १८५.३६ रुपैयाँ रहेको छ । सो आधारमा नेप्सेमा दोस्रो बजारमा शेयर बिक्री मूल्य निर्धारण हुने छ । कम्पनीको अधिकांश सूचक हेर्दा कम्पनीको सेयर मूल्य सुरुवात देखि नै खुम्चिने देखिएको छ ।
यता, आजदेखि कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गरेको छ । जम्मा कूल २७ लाख ७६ हजार ७६ कित्ता शेयर मात्रै सर्वसाधारणले आवेदन दिने भएकोले जम्मा ५५ हजार ५२२ जनाले मात्रै शेयर पाउनेछन् । ठूलो रकम बैंकमा होल्ड हुने हुँदा सर्वसाधारण समेत अहिले अन्यौलमा परेका छन् ।