जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

१३ फाल्गुन २०८०, आईतवार ११:२१

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*