प्रतिकित्ता १५० रुपैयाँमा गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
१३ फाल्गुन २०८०, आईतवार १०:४६
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १५० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयर खरिदका लागि हाल संस्थाका विद्यमान शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन १३ गते) ले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले बताएको छ ।