कुमारी सबल योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाइमा आवेदन दिने आज (फागुन १३ गते) अन्तिम दिन रहेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात एक करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक लिमिटेडलाई छुट्याइएको छ ।
त्यस्तै, निष्काशित कुल इकाईको एक प्रतिशतले हुन आउने १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई सुरक्षित गरी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
यस फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा एक करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । बिक्री खुला गरिएको र बोर्डबाट थप गरिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात पाँच करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाईको बाँडफाँड हुनेछ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरुको रकम फिर्ता गर्न प्रक्रिया थालिनेछ ।
१० वर्षे अवधिको यस फण्डको इकाईमा धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सकिनेछ । यो एक बन्दमुखी योजना हो । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।