३३ हाइड्रोपावर नोक्सानमा, अन्य कुनको अवस्था कस्तो ?
११ फाल्गुन २०८०, शुक्रबार १७:०१
काठमाडौँ । नेप्सेमा सूचीकृत ८३ वटा हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अधिकांश मुनाफा घटेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३३ कम्पनीको मुनाफा ऋणत्मक अवस्था रहेको छ । यस अवधिमा अधिकांश कम्पनीको नाफामा गिरावट आउनुका साथै नाफा ऋणात्मक हुँदा सेयर बजारमा समेत कम्पनीको सेयर मूल्य घट्दो छ ।
८३ हाइड्रोपावरको मुनाफा १ अर्ब ६३ करोड ५५ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा सर्वोधिक नाफा कमाउने हाइड्रोपावरमा साहस उर्जा रहेको छ । कम्पनीको मुनाफा ४५ करोड ८६ लाख ३१ हजार रुपैयाँ रहेको छ । सबैभन्दा धेरै घाटा भने अरुण काबेलीले रहेको छ। यसले ६ महिनामा ३१ करोड रुपैयाँ घाटामा रहेको छ ।
hydropower a (2)