नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र बाँडफाँट
११ फाल्गुन २०८०, शुक्रबार १५:१५
काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट भएको छ ।
बैंकले १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशतले हुने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिएको छ ।
बाँकी ४० प्रतिशत दरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री गरिएको छ ।तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त आवेदकलाई फागुन १० गते बाँडफाँट गरिएको जानकारी बैंकले दिएको छ ।