नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी फेरबदल, मिश्रको यथावत्
११ फाल्गुन २०८०, शुक्रबार १५:०३
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभागको जिम्मेवारी हेरफेर गरेको छ। राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेको छ भने वम बहादुर मिश्र जिम्मेवारी यथावत् राखेको छ ।
वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभाग दिएर वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभाग गर्भनर अधिकारीले आफनो मात्तहतमा राखेका छन् ।
बैंक सुरिवेक्षण विभाग प्रमुख देवकुमार ढकाल हुन् । उनकै जोडबलमा विभाग सारिएको बुझिएको छ।
नियमन विभाग भने मिश्र अन्तर्गत छ । अन्य सुपरिवेक्षण विभागहरु ढुंगाना अन्तर्गत छ ।