प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

११ फाल्गुन २०८०, शुक्रबार १२:५८

काठमाडौं । प्रभु् बैंक लिमिटेडले विभिन्न १४ संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता, उमा अधिकारीको २० हजार ३६४ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता, गजेन्द्र लाल श्रेष्ठको ४ हजार १०० कित्ता, सागर अधिकारीको ८३ हजार ८ कित्ता तथा एस.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को एक लाख १३ हजार ४३५ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

त्यसैगरी, संस्थापक शेयरधनी सागर ढकालको ९ हजार ५७१ कित्ता, देवेन्द्र श्रेष्ठको ९ हजार १०० कित्ता, वीरेन्द्र रावलको एक हजार ५५२ कित्ता, बि.के. विनायक प्रा.लि. को दुई लाख ८४ हजार ८६२ कित्ता, पुष्कर पण्डितको ८६ हजार ४६४ कित्ता, परितोष प्रसाद पाण्डेको २४ हजार ५८५ कित्ता, परिश्रुत प्रसाद पाण्डेको २६ हजार ३५० कित्ता र तिलक राम ज्ञवालीको १९ हजार ७०७ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक शेयरधनीले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्टको मापदण्ड पुरा हुने आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा खरिद आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र शेयरधनीले खरिद आवेदन नदिएको खण्डमा प्रस्तावित शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*