कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

११ फाल्गुन २०८०, शुक्रबार १२:३१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी राम कुमारी पौडेलको नाममा रहेको चार हजार ११५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिमको हुने बैंकले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीको खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*