मन्त्री ज्वालालाई बर्खास्तको माग गर्दै प्रतिपक्षद्धारा संसद अवरोध
११ फाल्गुन २०८०, शुक्रबार १२:१६

काठमाडौँ । भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहिको माग गर्दै प्रतिपक्षले आज संसद अवरोध गरेका छन् । शुक्रबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई तत्काख बर्खास्त गर्न माग गरेका हुन् ।
बालकुमारी घटनामा मन्त्री दोषी रहेको भन्दै सांसदहरूले राजीनामा दिन माग गरेका थिए । बालुकुमारी घटनामा २ जना युवकको गोलि हानि हत्या भएको भनि प्रधानमन्त्री स्वयः ले भनि सकेको हुँदा कारबाहि नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडान रहेको छ।
प्रतिपक्षको अवरोध पछि संसद सभा १५ मिनेटका लागि स्थिगित भएको छ ।