आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

११ फाल्गुन २०८०, शुक्रबार ११:४०

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा निधन सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ ।

मात्र तीन सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख ३० हजार रुपैयाँ सम्मको बीमा दाबी प्राप्त गर्नुका साथै बीमितले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू पाउन सकिने आइएमई पेले जनाएको छ ।

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक निधन, स्थायी असक्षमता, कुल तथा आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।

डिजिटल फाइनान्सियल सर्भिस मार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*