प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारी गरेको मारुती सिमेन्ट्सको साढे ७२ करोड ब्यापार गायब

११ फाल्गुन २०८०, शुक्रबार १०:४०

काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडलेको ७२ करोड ७० लाख रुपैयाँको ब्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४.७४ प्रतिशतले कम हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले २०२२ मा ४ अर्ब ९७ करोड रुपैयाँ व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको मुनाफा निरन्तर ओरालो लागि रहेको छ ।

कम्पनीले प्रिमियममा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्नेछ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता ३७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*