नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले माग्यो १२ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर

११ फाल्गुन २०८०, शुक्रबार ०८:५५

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा १२ जना स्थायी कर्मचारी माग गरेको छ । संस्थाले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न योग्यता पुगेको नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

संस्थाले सह निर्देशकमा दुई जना, उप निर्देशकमा चार जना, सहायक निर्देशकमा तीन जना, अधिकृतमा एक जना र सहायकमा दुई जना कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले चैत्र १ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत्र ८ गतेसम्म अनलाइन मार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*